जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १२:५९

गुल्मी-२ बाट एमाले सचिव गोकर्ण बिष्टको बिजयी, रामकुमारी झाँक्री मतदाताबाट अस्वीकृत


गुल्मी, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी हुनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार १७ सय मत गणना बाँकी रहँदा नै एमाले सचिव बिष्ट बिजयी हुनुभएको हो ।

परिणामअनुसार बिष्टले १७ सय मत गणना बाँकी रहँदा २ हजार मतले अगाडि हुनुहुन्छ । विष्टसँग सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहनुभएकी नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धा गर्नुभएको थियो ।

सवै दल मिल्दा पनि उहाँ पराजीत हुनुभएको हो । २०५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आउनु भएको छ । ५६ मा निर्वाचित बिष्ट २०६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी बन्नुभएको छ । यो जीतसँगै बिष्टले जीतमा ह्याट्रिक गर्नुभएको छ ।