जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १३:४१

कास्की-३ को क मा एमाले उम्मेदवार गुरुङ भारी मतान्तरले बिजयी


पोखरा, मंसिर ७ । कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार १४ हजार ४ सय ७३ मत प्राप्त गरी गुरुङ बिजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ९ हजार छ सय ६२ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याउनु भएको छ ।

कास्की ३ क मा प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिनुभएको छ ।