जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १५:३१

माधव नेपालको पार्टीमा राजीनामाको लहर सुरु, जिल्ला अध्यक्षले दिए राजीनामा


रूपन्देही, ७ मंसिर । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको पराजितपछि जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिनुभएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महतले पार्टीको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको हो ।

महतले पराजयको नैतिक जिम्मेवारी लिँदै जिल्ला अध्यक्षबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । केही समयअघि यहाँका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी एमालेमा प्रवेश गरेपछि महत अध्यक्ष हुनुभएको थियो ।