जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १८:३४

यी हुन् गत आर्थिक वर्षमा सर्वाधिक कर तिरेर सम्मानित हुने व्यक्ति र संस्था


काठमाडौं, ७ मंसिर । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी कर तिर्ने व्यक्ति, संस्था तथा कम्पनीलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो ।

जसअनुसार व्यक्तिगत्तर्फ सबैभन्दा बढी आयकर तिरेका जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार साह सम्मानित हुनुभएको छ । सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएको छ । आन्तरिक करदातातर्फ सूर्य नेपालले सबभन्दा बढी कर तिरेको छ ।

त्यसैगरी निर्याततर्फ बढी कर तिर्ने मा शिवशक्ति उद्योग, सबैभन्दा बढी कर तिर्ने उद्योगमा राजेश मेटल क्राफ्ट उद्योग र कृषितर्फ सबैभन्दा बढी कर तिर्ने ओसिबी फूड रहेका छन् । वस्तु व्यापारतर्फ हंसराज हुलासचन्दले सबभन्दा बढी कर तिरेर सम्मानित भएको छ ।

बीमा तर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ भने सहकारीको छिमेक लघुबित्त र बैंकहरुमा नबिल बैँकले सबैभन्दा बढी कर तिरेको छ । ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ भने पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ ।

रेमिट्यान्सतर्फ आईएमई रेमिट्यान्स कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ भने मध्यम स्तरीय करदाता अन्तर्गत नेपाल धितोपत्र बिनिमय बजारले बढी कर तिरेर सम्मानित भएको छ। सबैभन्दा धेरै भ्याट तिरेर गोर्खा ब्रुअरी पनि सम्मानित भएको छ ।