जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०६:२७

कास्की-२ बाट एमालेकी बिद्या भट्टराई निर्वाचित, सत्ता गठबन्धनका बराल तेस्रो


पोखरा, मंसिर ८ । कास्की क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी बिद्या भट्टराई निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणना परिणामअनुसार एमाले नतृ भट्टराई ४५ सय ४ मतको अन्तरले निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले टक्कर दिनुभएको थियो ।

कँडेलले १२ हजार ४ सय ९४ मत प्राप्त गर्नुभएको छ भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ६१ मत पाएर तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

आफ्नो पति तात्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्राध्यापन पेशा छाडेर राजनीतिमा आउँदै कास्की २ कोउपनिर्वाचन जित्नुभएकी भट्टराईको यो दोस्रो लगातार जीत हो ।