जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०६:४८

भक्तपुर-२ मा महेश बस्नेत पराजीत, कांग्रेसका दुर्लभ थापा बिजयी


भक्तपुर, मंसिर ८ । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ ।

बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार थापाले नेकपा एमालेका नेता महेश बस्नेतलाई नौ सय ५७ को मतान्तरले पराजित गर्नुभएको हो ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३९ मत प्राप्त विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार दुई सय ८२ मत प्राप्त गर्नुभएको छ । बस्नेत यसअघि यही निर्वाचन क्षेत्रबाट बिजयी हुनुभएको थियो ।

मत परिणामअनुसार नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार नौ सय ७३ , राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार सात सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार तीन सय ५२ प्राप्त गर्नुभएको छ ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । जसमध्ये दुई हजा र ५३ मत बदर भएको छ ।