जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०८:०९

पर्सा-३ बाट एमालेका राजकुमार गुप्ता बिजयी


बीरगञ्ज, मंसिर ८ । पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ता विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार अन्तिम मत गणना हुँदा २४ हजार २ सय ६० मत प्राप्त गरी गुप्ता बिजयी बन्नुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले २४ हजार १ सय ९ मत प्राप्त गर्नुभएको छ ।