जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १२:२१

सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित


सिरहा, ८ मंसिर । सिराहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिराहा ४ (कं) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । साहले माओवादी केन्द्रका महेन्द्र पासवानलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सीमित भए । सिराहा ४ (ख) मा पनि जनमत पार्टीका संजय सिंहले अग्रता कायम राखेका छन् ।