जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १५:२८

अत्यधिक मतले विजयी हुनुभएको एमाले अध्यक्ष ओलीले लिनुभयो निर्वाचित प्रमाणपत्र


काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमाणपत्र लिनुभएको छ ।

आज झापामा विजय र्यालीमा जानुभएको उहाँले प्रमाणपत्र लिनुभएको हो ।

उहाँसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिनुभएको छ ।