जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १५:३७

धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी


धादिङ, ८ मंसिर । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गर्नुभयो ।

दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।