जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १५:४७

सत्ता गठबन्धनका पद्म नारायण चौधरीलाई हराउँदै सिरहा-१ बाट एमालेका राम शंकर यादव निर्वाचित


सिरहा, मंसिर ८ । सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित हुनुभएको छ ।

एमाले उम्मेदवार यादव नेपाली कांग्रेसका उम्‍मेदवार पद्म नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । निर्वाचित यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत मात्र प्राप्त गर्नुभएको छ ।

सो निर्वाचन क्षेत्रमा जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत र स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याउनु भएको छ ।