जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १५:५०

नेप्से दोहोरो अंकले वृद्धि, ९२ करोडको कारोबार


काठमाडौं, ८ मंसिर । आज सेयर बजार ०.६० प्रतिशतले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले वृद्धि भई १९३३.५५ मा पुगेको छ। यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कुल १९० कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारको आधारमा साइन रेसुंगा बैंकको सात करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ।

दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा एनआइसी एसिया बैंकको कारोबार भएको छ । आजको कारोबारमा १ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ । आजको कारोबारमा घलेम्दी हाइड्रोको सेयर भाउ ६.८३ प्रतिशत र आरएमडिसी लघुवित्त वित्तीय संस्था ६ प्रतिशतले बढेको छ ।