जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १७:२२

चितवन-१ को क बाट एमालेका जेएन थपलिया निर्वाचित


चितवन, मंसिर ८ । चितवन निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट नेकपा एमालेका जगन्नाथ थपलिया निर्वाचित हुनुभएको छ ।

एमाले उम्मेदवार थपलियाले १७ हजार ६८८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत मात्र पाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउनु भएको छ ।