जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १९:१६

सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी


काठमाडौं, ८ मंसिर । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाउनुभयो । यादवले ३ हजार ८६६ मतान्तरले जित्नुभएको हो ।

२०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएको थियो । चौधरी एमालेको जिल्ला अध्यक्ष हो भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।