बैतडी, मंसिर ८ । एउटै निर्वाचन क्षेत्र रहेको बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित हुनुभएको छ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै रीले जित हासिल गर्नुभयो । निर्वाचित एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गर्नुभएको छ ।
यस्तै पराजीत माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गर्नुभएको छ । बैतडीमा भण्डारीको यो तेस्रो पटक लगातार जित हो ।













प्रतिक्रिया दिनुहोस्