भोजपुर,९ मंसिर । नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।
किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाउनुभयो ।
सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जित्नुभएको हो । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित हुनुभएको थियो । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लड्नुभएको थियो । । उहाँ मुख्यमन्त्री पनि हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्