जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०६:३८

कांग्रेसका भीष्मराज आङ्देम्बे जित्दै फेरि सांसद बने बसन्त नेम्वाङ


पाँचथर, ९ मंसिर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो ।

नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाउनुभयो ।  नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद बन्नुभएको थियो ।