जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १०:२३

काभ्रे-२ बाट गोकुल बाँस्कोटाको जीत निश्चित


बनेपा, मंसिर ९ । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको जित निश्चित भएको छ ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको मतपरिणाम अनुसार गणना हुन बाँकी मत ५ हजार ९ मत बाँकी रहँदा बाँस्कोटाले ५ हजार ७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएको हो ।

बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाउनु भएको छ भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुँमागाईंले जम्मा ३७ हजार ९६३ मत पाउनु भएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ यस्ते यसु आले मगरले १४२२ मत पाउनुभएको छ ।