काठमाडौं, मंसिर ९ । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ ।निर्वाचन आयोगका अनुसार एमालेले १० लाख २८ बढी मत ल्याएर पहिलो स्थान कायमै राखेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले १० लाख २८ हजार ५७३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९ लाख ८५ हजार ३७५ मत ल्याएर दोस्रो बनेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८८ हजार ११३ मतका साथ तेस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ४ लाख ४९ हजार ९४९ मत ल्याएको छ ।
आयोगका अनुसार पाँचौ स्थानमा रहँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६२ हजार ५३४ मत, जनता समाजवादी पार्टी, नेपालले १ लाख २९ हजार ५५४ मत पाएको छ । यस्तै जनमत पार्टीले ७७ हजार ३०७, नेकपा एकीकृत समाजवादील ७२ हजार ६३९ मत, नागरिक उन्मुक्ति पार्टीले ७० हजार ६१५ मत र नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३३१ मत पाएको छ । यतै लोसपाले ५४ हजार ३०४ मत पाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनु पर्छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्