जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ११:०८

गठबन्धनलाई हराउदै कास्की- १ मा एमालेका मनबहादुर गुरूङ विजयी


काठमाडौं, ९ मंसिर ।  कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी हुनुभएको छ।उहाँ २५ हजार ७०८ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गर्नुभएको छ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो हुनुभएको छ राप्रपाका सूर्यबहादुर गुरूङले पनि ३ हजार ८ मत प्राप्त गर्नुभयो ।