जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १५:४७

प्रचण्डले बाकस साटेर जितेको क्षेत्र सिरहा-३ बाट एमालेका लिलानाथ श्रेष्ठ बिजयी


सिरहा, मंसिर ९ । सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणना परिणाम अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

श्रेष्ठ बिजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाउनु भएको छ । यस्तै जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवर्धनदास तत्माले १ हजार २५९ मत पाउनु भएको छ ।

२०७० सालको संबिधानसभाको दोस्रो निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बत्ति निभाएर बाकसको मतपत्र साटेर निर्वाचित हुँदा श्रेष्ठ नै प्रतिस्पर्धी हुनुहुन्थ्यो । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित हुनुभएको थियो ।