विराटनगर, मंसिर ९ । मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकीपुत्री नेपाली कांग्रेसकी सुजता कोइरालालाई १२०८ मतको अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।
पोखरेल ३३१४८ मत प्राप्त गर्नुभएको छ । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत पाउनु भएको छ । कोइराला नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाको छोरी हुन् । गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म हुनुभएको थियो ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनु भएका पाखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित हुनुभएको थियो । त्यसबेला उहाँले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई चुनाव हराउनु भएको थियो । पोखरेल २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो ।
हाल एमाले जिल्ला अध्यक्ष पोखरेलले २०४२ सालमा कसेनीस्थित मार्कसवादी अध्ययन केन्द्रको सदस्य भएर विद्यालयकालबाट राजनीति सुरु गर्नुभएकोथियो ।













प्रतिक्रिया दिनुहोस्