जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार २१:१२

चक्रब्यूँह तोडदै रुपन्देही-२ बाट बिष्णु पौडेल निर्वाचित, सत्ता गठबन्धनको सवै अश्त्र बिफल


बुटवल, मंसिर ९ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

बिकासप्रेमी नेताको रुपमा परिचित एमाले उपाध्यक्ष पौडेल २७ हजार १४८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उपाध्यक्ष पौडेलका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत पाउनु भएको छ ।

यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार जनमुक्ति पार्टीका केशव थापाले २२ हजार १० सय मत पाउनु भएको छ । रुपन्देही २ मा कुल ८१ हजार २०२ मत खसेको थियो ।

रुपन्देही २ बाट निर्वाचित पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीको सवैभन्दा बिश्वासिलो पात्र मानिनु हुन्छ । पौडेललाई हराउन सत्तारुढ दलहरुले सवै अस्त्र प्रयोग गरे पनि मतदाताले उहाँको काम हेरेर निर्वाचित गराएका हुन ।