जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ०६:२५

प्रचण्डको गृह क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे विजयी


चितवन, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित हुनुभएको हो ।

पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो हुनुभयो ।