जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:२३

हारे गृहमन्त्री खाँड


रूपन्देही, १० मंसिर । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणको पराजय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि पर्नुभएका खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाउनुभएको छ । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले विजयी र्‍यालीको तयारी समेत गरिसकेका छन् ।