जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:३६

निफ्राले आज गर्यो साधारणसभा, दुई सामान्य र विशेष प्रस्ताव पेश


काठमाडौं, १० मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज साधारणसभा गरेको छ । बैंकले आज बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सभा आह्वान गरेको हो । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने बताइएको छ । निफ्राले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभाले स्वीकृत गरे पश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गते बुक क्लोज गरेको छ । कार्तिक ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्नेछन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने सामान्य प्रस्तावः

१. आर्थिक बर्ष २०७०/७२ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने।

३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक श्री M.G.S. &Associates, Chartered Accountants पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पूँजी रु. २१.६०,००,००,०००।– (एक्काईस अर्ब साठी करोड रुपैंया मात्र) को ४.२१०५५ (चार दशमलब दुई एक शून्य पाँच प्रतिशत) ले हुने रकम रु. ९०,९४,६८,०००।– (नब्बे करोड चौरानब्बे लाख अठसठ्ठी हजार रुपैंया मात्र) नगद लाभांस (लाभांस कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

विशेष प्रस्ताव

१. बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने ।

२. प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/थपघट/संशोधन/परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायो जन गर्ने।