जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:४६

हिमालयन डिस्टीलरीको लाभांश घोषणा, पर्साको आफ्नै रजिस्टर्ड कार्यालयमा साधारणसभा


काठमाडौं, १० मंसिर । हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ ।

आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । कम्पनीले पुस २७ गते पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।