जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १५:३८

जसको इशारा नै जनतालाई काफी भयो . . . .


रूपन्देही, १० मंसिर । रूपन्देही निर्वाचन क्षेत्र नंं ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित हुनुभएको छ । एमालेसमेतको समर्थनमा निर्वाचित हुनुभएका बोहराले निर्वाचन अवधिभर बोल्नु भएन । उहाँ अझै केही महिना मौन रहने बताइएको छ । मत माग्न घरदैलोमा उहाँले मतदातालाई हात जोडेदै इशारा गर्नुहुन्थ्यो ।

उहाँले नेपाली काँग्रेसका नेता तथा वहालवाला गृहमन्त्री बालकृष्ण खाँडलाई पराजित गर्नुभएको छ । उहाँले गृहमन्त्री खाँडलाई २ हजार ६४२ मतान्तरले पराजित गर्नुभएको हो । बोहराले ३६ हजार ६४८ मत प्राप्त गर्दा खाँडले ३४ हजार ६ मत मात्र प्राप्त गर्नसक्नुभयो ।

विगत करिब ५ महिनादेखि बोहरा बोल्न छाड्नु भएको हो । पोस्ट कोभिडका कारण समस्या देखिएपछि उहाँ चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बस्नुभएको हो । पूर्ण रुपमा निको हुन अझै केही महिना लाग्ने बताइएको छ ।