जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १५:५०

एमालेले कटायो २० लाख मत, एकीकृत समाजवादीलाई दुई लाखमै सकस


काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९, छैटौं स्थानमा रहेको जसपा नेपालले २ लाख ३८ हजार ८८७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८६ हजार १०८ मत पाएको छ ।

आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक लाख ६९ हजार ५०५, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ६६ हजार ३७० र दशौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १०२ मत पाएको छ ।