जनता टाइम्स

१० मंसिर २०७९, शनिबार २०:१४

सत्ता गठबन्धनलाई हराउँदै सुनसरी-२ बाट एमाले नेता भीम आचार्य विजयी


इटहरी, मंसिर १० । सुनसरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता भीमप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले भर्खरै सम्पन्न गरेको मतगणना परिणाम अनुसार आयार्च ३२ हजार ८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएको हो ।

आचार्यका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ ।

एमालेका भीम आचार्यले ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् । यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी क्षेत्र नं ६ बाट विजयी हुनुभएको थियो ०७४ मा सुनसरी क्षेत्र नं १ को क बाट प्रदेशसभामा निर्वाचित भएर केही समय मुख्यमन्त्री हुनुभएको थियो ।

उहाँ यसपटक सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिँदै विजयी हुनुभएको हो । आचार्य २०६५ देखि २०६९ सम्म एमाले संसदीय–संविधानसभा दलको प्रमुख सचेतकको भूमिकामा रहनुभएको थियो ।