जनता टाइम्स

११ मंसिर २०७९, आईतवार ०८:३६

कांग्रेसको षडयन्त्र काम लागेन, इलाम-२ बाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिजयी


इलाम, मंसिर ११ । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ ।
संबिधानसभा सदस्यसमेत रहनुभएका एमाले उपाध्यक्ष नेम्वाङ ११४ मतको अन्तरले निर्वाचित हुनुभएको हो ।

उहाँले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्नुभएको हो । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो । उहाँ ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित हुनुहुनछ ।

शनिवार दिउसो नै मतगणना सकिए पनि कांग्रेसले नारावाजीसहित परिणाम घोषणामा अवरोध गरेपछि निर्वाचन आयोगले राती अन्तिम समयको मतगणना पुन गरी परिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो । निर्देशनपछि आयोगले परिणाम सार्वजनिक गर्दा नेम्वाङ ११४ मतले बिजयी बन्नुभएको हो ।