जनता टाइम्स

११ मंसिर २०७९, आईतवार ११:४६

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स प्राप्ति नगर्ने


काठमाडौं, ११ मंसिर । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति नगर्ने भएको छ । बैंकको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा बढाईएको सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो । यससँगै बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने छैन । यसअघि उक्त फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीको अनुमोदन पनि रद्द गरिएको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।