जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १२:१३

माछापुच्छ्रे क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव


काठमाडौं, ११ मंसिर । माछापुच्छ्रे क्यापिटल लिमिटेडले साधरण सभा आह्वान गरेको छ । क्यापिटलले पुस १ गते बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो ।

सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरणलगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने बताइएको छ ।

त्यस्तै सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने, नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना स्वतन्त्र सञ्चालनक नियुक्त गर्नेछ ।