जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १६:०२

नेप्से परिसुचक दोहोरो अंकले वृद्धि, दुई अर्बभन्दा बढी कारोबार


काठमाडौं, ११ मंसिर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६९ कम्पनीको सेयर कारोबार वृद्धि हुँदा २० कम्पनीको मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी सेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ।

आज यस कम्पनीको ४५ करोड चार लाख बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा नबील बैंक र तेस्रोमा नेपाल दुरसंचार कम्पनीको सेयर कारोबार भएको छ । आजको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसुचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ ।

यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् । यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जनाएको छ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तिय संस्थाको ७.४३ प्रतिशतले कारोबार वृद्धि भएसँगै सेयर बजारमा हरियाली छाएको छ ।