जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १६:१४

झलनाथ खनाललाई पराजित गर्दै इलाम-१ बाट एमालेका महेश बस्नेतको सानदार जीत


काठमाडौं, ११ मंसिर । इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेद्वार महेश बस्नेत विजयी हुनुभएको छ । नेकपा समाजबादी (एस) का सम्मानित नेता झलनाथ खनाललाई हराउँदै बस्नेत निर्वाचित हुनुभएको हो ।

बस्नेतले खनाललाई भारी मतान्तरका साथ पराजित गर्नुभएको हो । बस्नेतले २ हजार ९ सय ५७ मतान्तरले जित हात पार्नुभएको हो ।