जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १७:५५

दोलखाको १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय


काठमाडौं, मंसिर ११ । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । आयोगले पुनः मतदान गर्ने बुथबारे केहीबेरमा बिज्ञप्तीमार्फत जानकारी दिने बताएको छ ।