जनता टाइम्स

१२ मंसिर २०७९, सोमबार १२:४३

सुनसरी १ मा सत्ता गठबन्धन पत्तासाफ, संघमा अशोकले जित्दा प्रदेशको दुवै सिटमा एमाले जीत


धरान, मंसिर १२ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन क्लीनस्वीप भएको छ । सो क्षेत्रमा प्रतिनिधिसभामा एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार जसपाका नेता अशोक राई बिजयी हुनुभएको छ भने प्रदेशसभा क र ख मा नेकपा एमालेका उम्मेदवार बिजयी बन्दै सत्ता गठबन्धनलाइृ क्लीनस्वीप गरेको हो ।

सुनसरी १ (क) मा एमालेका रमेश बस्नेत विजयी हुनुभएकाे हाे । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश थापालाई पराजित गर्दै बस्नेत प्रदेश सभा सदस्यमा विजयी हुनुभएकाे हाे । बस्नेतले ११ हजार १०२ मत ल्याउँदा थापाले ९ हजार ७ सय ५२ पाए ।

सुनसरी १ (ख) मा एमालेका विजय राई निर्वाचित हुनुभयाे । राईले १२ हजार ५ सय ६५ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिष्पर्धी राप्रपाका अनिश ढकालले ७ हजार ४ सय ८२ मत ल्याउनुभयाे ।

कांग्रेसका बागी रोहित सुब्बाले ६ हजार ८ सय ३९ मत पाएर तेस्राे हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रेवतीरमण राईले ४ हजार ९ सय ८८ मत पाउनुभयाे ।

प्रतिनिधि सभातर्फ जसपाका अशाेक राई विजयी हुनुभएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई हराउँदै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । सुनसरी-१ मा एमाले र जसपाले चुनावी तालमेल गरेका थिए । उनीहरुले क्लिन स्विप गरेका छन् ।