काठमाडौं, १२ मंसिर । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ । एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो ।
भोलीदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ । यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएको छ । साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्