जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार ११:४७

विहेको सिजनमा घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य


काठमाडौं, १३ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।