जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार ११:०४

काम लागेन सत्ता गठबन्धनको षठयन्त्र : समानुपातिकको सिला खोज्दा पनि पाँचथरमा बशन्त नेम्वाङकै जीत


पाँचथर, मंसिर १४ । अनेक जालझेल गरेर एमाले नेता बशन्तकुमार नेम्वाङ हराउने सत्ता गठबन्धनको षडयन्त्र बिफल भएको छ । चार दिन अघि नै निर्वाचित हुनुभएका नेम्वाङलाई समानुपातिकको तरवार अडकाएर बिजयी घोषित नगरे पनि अन्ततः समानुपातिकको मतगणना सकिदा बिजयी हुनुभएको छ ।

अन्तिम मतगणना सकिएर ४७ मतको अन्तरमा विजयी घोषणा हुनुभएका नेकपा एमालेका नेम्वाङको जितलाई उल्ट्याउने प्रयास असफल भएको छ । मत गणना सकिएर ४७ मतान्तरमा पाँचथरबाट प्रतिनिधि सभामा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्वेलाई नेम्वाङले पराजित गर्नुभएको थियो ।

कांग्रेसले सो परिणाम अस्वीकार गरी समानुपातिकको बाकसभित्र पनि प्रत्यक्षका मतपत्र भेटिएको भन्दै सबै गणना सकिएपछि मात्र आधिकारिक घोषणा हुनुपर्ने माग राख्यो । निर्वाचन आयोगले पनि समानुपातिकको गणना सकिएपछि मात्र वसन्तलाई प्रमाणपत्र दिन निर्देशन दियो ।

चुनाव जितेर पनि विजयी भएको प्रमाणपत्रबाट वञ्चित नेम्वाङलाई निर्वाचन आयोगले विजयीको सूचीसमेत हटाएको थियो । पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२ हजार ११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२ हजार ०६३ मत पाउनु भएको थियो ।
यता समानुपातिकतर्फको सबै मतगणना मङ्गलवार रातिसम्म सकिँदा वसन्तको विजय कायमै रहेको छ ।

समानुपातिकको बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ । वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ । बशन्तले ३२ हजार १ सय ३५ मत पाएर बिजयी हुनुभएको छ भने भीष्मले ३२ हजार ८९ मत पाउनु भएको छ ।