जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १७:२८

प्रधानमन्त्री बन्न अव संसदीय दलको निर्वाचनको तयारीमा जुटछु : गगन थापा


काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनु भएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आफू संसदीय दलको निर्वाचनको तयारीमा रहेको बताउनु भएको हो । ‘शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारीमा जुट्छु,’ महामन्त्री थापाले भन्नुभयो ।

त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताउनु भयो । कहिलेकाही मन्त्रिपरिषदमा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उहाँको भनाई छ ।