जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १९:०१

झलनाथ खनालले गरेका थिए बाटोमै मतपेटिका साटने दुश्प्रयाश, यस्तो छ प्रमाण


इलाम, मंसिर १४ । नेकपा एमाले इलामले पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभाका पराजीत उम्मेदवार झलनाथ खनालको सवै बदमासीको भण्डाफोर गरेको छ ।

जनमतबाट नभई अर्कै बाटोबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन खनालले चाहेको भन्दै एमाले इलाम क्षेत्र नम्बर १ ले आज भण्डाफोर गरेको हो ।

‘नेकपा एमालेको राम्रो जनाधार भएको माइजोगमाई गाउँपालिका ५ सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पडकाउनु, माइ नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडइलाई लक्षित गरी बम पडकाउनु, गोर्खेमा मतपेटिका साटने दुश्प्रयाश गर्नु जस्ता आपराधिक क्रियाकलापले जनमतको आधारमा होइन, जालझेल र षडयन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट थियो जुन कुरा पुरा भएन,’ एमाले इलाम क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका संयोजक उदयबहादुर राईले आज बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ ।

एमालेले पराजयपछि हतास मानसिकता बोकेर जथाभावी अभिब्यक्ति नदिन साथै लोकतान्त्रिक अभ्याश तथा जनताको अभिमतलाई सम्मान गर्न पनि खनाललाई सुझाएको छ ।