जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १२:२४

डलर-युरोसहित यस्तो छ आजको बिदेसी मुद्रा बिनिमय दर


काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ २५ पैसा छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ