जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १७:४०

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण


काठमाडौं, १६ मंसिर । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको राष्ट्र बैंकले एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको जनाएको छ ।

अध्ययनका क्रममा गत २३–२९ असोजमा देशका ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्ता लिएको राष्ट्र बैंकले जनाएको छ । दुई हजार ४० जना अध्ययनमा सहभागी भएका थिए ।