जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १८:५७

भीम रावलले उठाए बालेनमाथि गम्भीर सवाल


काठमाडौं, मंसिर १६ । एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गर्नुभएको छ ।

मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा नेता रावलले चासो व्यक्त गर्नुभएको हो । पूर्वपरराष्ट्र मन्त्रीसमेत हनुभएका नेता रावलले यसबारे स्पस्ट पार्नसमेत आग्ह गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेख्नुभएको छ, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन रु स्पष्ट गरियोस् ।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’