जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १९:०९

नेकपा एस राष्ट्रिय पार्टी नबन्ने पक्का : समानुपातिकमा कटाउन नसक्ने भयो ३ प्रतिशत मत


काठमाडौं, मंसिर १६ । नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्कापक्की भएको छ । निर्वाचन आयोगले अहिलेसम्मको मत सार्वजनिक गर्दा र गणना बाँकी रहेको जिल्ला हेर्दा नेकपा एस राष्ट्रिय दल नबन्ने पक्का भएको हो ।

राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने भए पनि समाजवादीले त्यो मापदण्ड पूरा गर्न नसक्ने देखिएको हो । गठबन्धन गरेर चुनवामा गएको समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेस होल्ड (३ प्रतिशत मत) ल्याउने संभावना सकिएको छ । समानुपातिकमा ३ प्रतिशत मत नपाउँदा समाजवादीले कम्तिमा ४ सिट पाउने संभावना सकिएको छ ।

शुक्रबार दिउँसो ४ बजेसम्म समानुपातिकतर्फको एक करोड ३ लाख ८२ हजार ८५ मत सदर हुँदा समाजवादीले २ लाख ९४ हजार ०६३ मत पाएको छ । जुन समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन आवश्यक पर्ने ३ प्रतिशतभन्दा कम मत हो। यही सदर मतका आधारमा समाजवादीले ३ प्रतिशत मत कायम गर्नका लागि ३ लाख ११ हजार ४६३ मत प्राप्त गर्नुपर्छ ।

समाजवादीलाई यही अवस्थामा थ्रेसहोल्ड पूरा गर्न १७ हजार ४ सय मत अपुग भएको छ । यस हिसाबले समाजवादीलाई थ्रेस होल्ड कटाउन अझै करिब २२ हजार मत आवश्यक पर्ने देखिन्छ । गणना बाँकी क्षेत्रबाट सो पार्टीले त्यो मत कभर गर्ने संभावना सकिएको छ ।

प्रत्यक्षतर्फ मतगणना जारी रहेको दोलखा, स्याङ्जा २ र बाजुराको समानुपातिकतर्फको पनि मत गणना जारी रहेको छ । यी तीन क्षेत्रबाट नेकपा एसले चाहिएको मत ल्याउन संभव छैन । दोलखामा करिब ८२ हजार मत खसेको छ । त्यस्तै, स्याङ्जामा ६९ हजार ९२८ मत खसेको छ भने बाजुरामा ५९ हजार ७६५ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतको ट्रेन्ड हेर्दा ती जिल्लाबाट समाजवादीले २२ हजार मत आउँदैन । समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको छ ।

समाजवादीले ३ प्रतिशत मत नल्याएसँगै सात दलले मात्रै थ्रेसहोल्ड पूरा गरेका छन । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै थ्रेसहोल्ड पूरा गरेका हुन ।

अहिलेसम्मको मतपरिणामअनुसार एमालेले २७ लाख ७३ हजार ९९९, कांग्रेसले २६ लाख ४४ हजार २४१ र माओवादी केन्द्रले ११ लाख ६ हजार २५६ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाएको छ ।

 

प्रदेश १

ताप्लेजुङ १,५४५

पाँचथर ३,३८७

इलाम ८,६०७

झापा २,९०३

संखुवासभा २,५४८

तेह्रथुम ५८९

भोजपुर ३,६९३

धनकुटा २,४४९

मोरङ्ग ८,५६१

सुनसरी ४,१४६

सोलुखुम्बु १६२

खोटाङ्ग ३,३६३

ओखलढुंगा ४३०

उदयपुर ३,८६३

मधेश प्रदेश

सप्तरी ९,४४९

सिराहा २०,१६३

धनुषा १४,९०४

महोत्तरी ४,९००

सर्लाही ९,८२३

रौतहट ३२,७००

बारा ९,४१४

पर्सा ५,७३१

वागमती प्रदेश

रामेछाप १,३४८

सिन्धुली ७६१

रसुवा ३३६

धादिङ ८,४२९

नुवाकोट ९५८

काठमाडौं १२,२८५

भक्तपुर २,१५५

ललितपुर ३,१६०

काभ्रेपलाञ्चोक ८,०९८

सिन्धुपाल्चोक १,७००

मकवानपुर ३,८४१

चितवन ५,२१९

गण्डकी प्रदेश

गोरखा ५९६

मनाङ १७

लमजुंग ५८२

कास्की २,८७७

तनहुँ १,३९४

स्याङ्जा ५६३

नवलपरासी (पूर्व) १,४०१

मुस्तांग ५५

म्याग्दी २८५

बागलुङ ६४३

पर्वत ८६१

लुम्बिनी प्रदेश

गुल्मी १,८५९

पाल्पा १,८९२

अर्घाखांची १,०६७

रुपन्देही ३,०५५

कपिलवस्तु ८,४४७

रुकुम पूर्व ३७५

रोल्पा ९२६

प्यूठान ४९०

दाङ ४,६९१

बाँके १,८८६

बर्दिया १,४९६

नवलपरासी (पश्चिम) ६४८

कर्णाली प्रदेश

सल्यान ५,९७०

डोल्पा १,८२४

मुगु २,६१२

जुम्ला २,६४८

कालिकोट २,०५३

हुम्ला १,०२१

जाजरकोट ७८६

दैलेख ४,२४१

सुर्खेत २,८९०

रुकुम पश्चिम १,५१०

सुदूरपश्चिम प्रदेश

अछाम ४,३७०

बझाङ ५,००१

डोटी २,३७३

कैलाली ९,५५९

दार्चुला ४६३

बैतडी १,४००

डडेलधुरा ६६१

कन्चनपुर ६,९५५