जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार ०७:३०

माओवादीमा बिलय गराउने निर्णयले नेकपा एसमा लफडा : महासचिवको बिज्ञप्तीलगत्तै मुकुन्द न्यौपानेको कडा काउन्टर


काठमाडौं, मंसिर १७ । नेकपा एकीकृत समाजवादीभित्र बिवाद चर्किएको छ । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले नेकपा माओवादी केन्द्रसँगको एकताबारे महासचिव डा. बेदुराम भुसालले जारी गरेको विज्ञप्तिलाई लिएर कडा आलोचना गर्नुभएपछि सो पार्टीको बिवाद सतहमा आएको हो ।

माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता नरहेको भनी महासचिव भुसालले विज्ञप्ति निकाले लगत्तै नेता न्यौपानले गत भदौं १ गते माओवादी केन्द्रसँग एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले गरेको निर्णय सार्वजनिक गरिदिनु भएको छ ।

अहिले कार्यकर्ताबाट विरोध आएपछि महासचिवले विज्ञप्ति निकालेको भन्दै न्यौपानेले लेख्नुभएको छ, ‘आज यत्रो कसरतपछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो ।’ माओवादीसँगको एकताबारे महासचिव भुसालको विज्ञप्तिप्रति नेता न्यौपानेको तिखो टिप्पणी छ, ‘खोले एक गल्ती, छोपे तिन गल्ती ।’

शुक्रबार मात्रै महासचिव भुसालले विज्ञप्ति निकालेर माओवादी केन्द्रसँगको एकता प्रयासबारे प्रष्टीकरण दिनुभएको थियो । ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन,’ माओवादीसँगको एकताबारे महासचिव भुसालको बिज्ञप्तीमा भनिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा प्रष्ट रहेको तर, यस सम्बन्धमा कुनै छलफल, वार्ता वा संवाद केही पनि नभएको पनि भुसालले बताउनु भएको छ ।

‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ महासचिवको विज्ञप्तिका उल्लेख छ । महासचिव भुसालको यस्तो विज्ञप्ति जारी गरे लगत्तै नेता न्यौपानेले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीले गरेको निर्णय सार्वजनिक गरिदिनु भएको हो ।

उहाँले गत साउनमा माओवादी केन्द्रसँग एकता गर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर भएको छलफल पनि स्मरण गर्नुभएको छ । त्यसबेला अध्यक्ष माधव कुमार नेपालले पार्टीको सचिवालयका सदस्य सहितको वैठक वोलाएर चार दिनसम्म तिनकुनेस्थित पार्टी कार्यालयमा छलफल गरेको उहाँको भनाइ छ ।

यस्तो छ न्यौपानेको काउन्टर

खाेले एकगल्ती छाेपे तिन गल्ती।
………………….
श्रावणमा माओवादी संग एकतागर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर मा ओवादी संग छलफल गरेरआएकाअध्यक्षकाे सचिवालयका सदस्य सहितकाे वैठक वाेलाएर चारदिन सम्म तिनकुने समाजवादीकाे पार्टी का र्यालयमा वैठक बस्याे।तर वैठक लगातारछ बि षय केही छैन।चारदिन पछि चम्पादेवी सारियाे।चम्पा देवी सारेपछी सचिव गंगा तुलाधरले अब ” माओवादीसंग एकता गरेर जानु पर्छ।एमाले संग मिल्नसकिदैन त्यसैले एमाले बाहेकको वा मपन्थी एकता गर्ने ” भनेर प्रस्ताव राखेपछि मै ले यसकाे बिराेध गरेरअसहमति जनाए।मैलेभ ने “एमाले बाहेकको एकताभन्नु कम्युनिष्टआन्दो लन सिद्याउनु हाे। त्यसपछि कमरेड झलनाथ खनाल र विजय पाैडेललेपनि “अहिले अलिक राम्ररी छलफल नगरी त्यसाेनगराै” भनेपछि ए कछिन बहसमा तानातान भयो र वैठक बिना निष्कर्ष टुङ्गियाे।याे कुराे स्थानीय निकायको चुनावकाे लगत्तै पछि ” समाजवादी र हाम्रोबीच एकता गर्ने कुरा भएकोछअब छिट्टै एकताहुन्छ “भनेर लमजुङमा चुनाव हारेपछी माओवादीका महासचि देब गुरुङलेआफ्नो अन्तरवार्तामा भन्नु भएकोछ।सुर्खेतकाे चुनावीसभामा माओवादी काअध्यक्ष प्रचण्डले यहीँ कुरा भनेपछि मैले “समाजवादीले नभनेको कुरा प्रचण्ड किन वाेल्छन्” भनेर ब्यवसायिकाे एउटा वैठकमा कुराे उठाए पछि एकजना सदस्यले ” आफ्नो कमिटीको वैठकबाट अपानिमा लेखेर सर्कूलर गर्ने अनि प्र चण्डलाई आलोचना गर्ने” भन्नुभयो मैले कुन वैठकले कैले सर्कुलर पठाएकाे छ भनेर साेधे प छि मतपाईंलाई पठादिन्छु भन्नुभयाे। पछि वास्स पमा पठाउनुभयो जुनवैठकमा मलाई खवर पनि गरिएको थिएन।आजयत्रो कसरतपछि देशभरि कार्यकर्ताकाे बिराेध देखेर हतार हतार विज्ञप्ति गरेर छाेप्न खाेज्नु कति सर्मकाे कुराे हाे।

उक्त बैठक चार दिनपछि चम्पादेवी सारिएको र त्यहाँ सचिव गंगा तुलाधरले ‘अब माओवादीसँग एकता गरेर जानु पर्छ । एमालेसँग मिल्न सकिँदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखेको न्यौपानेले बताउनु भएको छ ।

सचिव तुलाधरले यस्तो प्रस्ताव राखेपछि आफूले विरोध गरेको पनि उहाँले बताउनु भएको छ । ‘एमाले बाहेकको एकता भन्नु कम्युनिष्ट आन्दोलन सिध्याउनु हो’ भनेर आफूले राखेपछि झलनाथ खनाल र विजय पौडेलले पनि अलिक राम्ररी छलफल गरौं भनेको न्यौपानेले बताउनु भयो ।