जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार ०८:१४

समानुपातिकमा कांग्रेससँग एमालेको फराकिलो अग्रता बन्दा राष्ट्रिय पार्टी नबन्ने भयो नेकपा एस


काठमाडौं, मंसिर १७ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।

शनिबार बिहान ८ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ । जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो परिणाम अनुसार गणना भएको १ करोड ४ लाख ३ हजार ९४२ सदर मतमा एमालेले २७ लाख ८३ हजार ८५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५२ हजार २९३ मत ल्याएको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८७८ मत पाएको छ । यस्तै, ११ लाख २२ हजार ९६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २५१ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९४२ मत पाउँदै छौटौँ स्थानमा छ ।

यसैगरी जनमत पार्टी ३ लाख ९४ हजार ३८४ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ९३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७९ मतसहित दशौँ स्थानमा छ।

अन्य दलले १ लाखभन्दा बढी मत कटाएका छैनन । यसपटकको निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको अनुमान गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । यस हिसावले हेदा अव नेकपा एकीकृत समाजवादी पनि राष्ट्रिय दल नबन्ने पक्का भएको छ ।

कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) – २७,८३,०८५

नेपाली काँग्रेस – २६,५२,२९३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) –११,६१,७८७

राष्ट्रिय स्वतन्त्र पार्टी –११,२२,९६६

राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८६,२५१

जनता समाजवादी पार्टी, नेपाल –४,२०,९४२

जनमत पार्टी –३,९४,३८४

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) –२,९४,०९३

नागरिक उन्मुक्ति पार्टी –२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल –१,६७,२७९

नेपाल मजदुर किसान पार्टी – ७५,०४९

हाम्रो नेपाली पार्टी – ५५,६०१

मंगोल नेशनल अर्गनाइजेशन -४८,५१८

राष्ट्रिय जनमोर्चा – ४६,३५२

नेपाल संघीय समाजवादी पार्टी – ४१,८०६

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) -३०,४१३

राष्ट्रिय जनमुक्ति पार्टी – २३,८९४

जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८

नेपाल आमा पार्टी- १७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -१७,७९७

बहुजन एकता पार्टी नेपाल -१७,०६४

नेपाली काँग्रेस (बी.पी.) -१२,४७४

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल -१२,२६३

नेपाली जनता दल – ९,९७०

बहुजन शक्ति पार्टी – ९,४३५

नेपालका लागि नेपाली पार्टी – ८,३९६

नेपाल कम्युनिष्ट पार्टी – ७,९९७

नेपाल लोकतान्त्रिक पार्टी – ७,६९२

नेपाल जनता पार्टी – ७,५०६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२

मितेरी पार्टी नेपाल – ७,०४२

जनजागरण पार्टी नेपाल -६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,४०६

तराई मधेश लोकतान्त्रिक पार्टी – ५,९६७

जनसमाजवादी पार्टी, नेपाल – ५,८६६

सामाजिक एकता पार्टी – ५,७७९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,१००

विवेकशील साझा पार्टी – ४,०३४

एकीकृत शक्ति नेपाल – ३,७५७

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ३,४०३

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ३,३३०

मौलिक जरोकिलो पार्टी – ३,२१३

नेपाल समावेशी पार्टी -२,९५०

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन -२,१९१

राष्ट्रिय नागरिक पार्टी -२,१४१

नेश्‍नलिष्ट पिपल्स पार्टी – २,०१५