जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १०:४३

बालेनको जवाफप्रति भीम रावलको थप प्रश्न, तथ्य सार्वजनिक गर्न चुनौती


काठमाडौं, मंसिर १७ । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेटेको हो भन्दै फेरि अर्को प्रश्न गरेका छन् ।
नेता रावलले अमेरिकी राजदूतले काठमाडौं महानगरका मेयरलाई भेटेको विषयमा उठाएको प्रश्नको जवाफ मेयर साहले आरोपसहित फर्काएपछि रावलले अर्को प्रश्न गर्नु भएको हो ।

उहाँले नागरिकले उठाएका प्रश्नको तथ्यसंगत जवाफ दिनु पदीय दायित्व भएको बताउनुभएको छ । आज एक विज्ञप्तिमार्फत संवेदनशील विषयमा मेयर साहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण प्रयाप्त र इमान्दार जवाफ ठहरिने उल्लेख गर्नुभएको छ ।

उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भनी प्रश्न गर्नु भएको थियो । तर बालेनले “तपाईहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेको रावलको भनाइ छ ।

रावलले विज्ञप्तीमा लेख्नु भएको छ नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाईले घोचेको हो कि रु म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु, के तपाईले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो ? तपाईले भन्नु भए झैं “उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईलाई कसरी भयो ? परराष्ट्र मन्त्रालयको पत्रबाट ? फोनबाट वा इमेलबाट ? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् ।’

आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसंग मेल नखाने रावलको विज्ञप्तीमा उल्लेख छ । रावलले महानगरले पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुनुपर्ने बताउनुभएको छ ।

रावल लेख्नु भएको छ ,‘तपाईले असान्दर्भिक नै भएपनि जवाफमा “विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्नु भएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईले पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ । बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’