जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १८:०१

सरकार गठनबारे सवै बिकल्प खुला राख्ने माओवादी निर्णय


काठमाडौं, मंसिर १७ । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनमै रहे पनि सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार बैठकले सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको हो ।

‘अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय छ,’ प्रवक्ता महराको भनाई थियो । बैठकले अपेक्षा अनुसार सिट नआएको ठहर पनि गरेको छ । उहाँका अनुसार चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफल आइतवार पनि हुनेछ ।